Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

‘भैरव’ को सिक्वेल ‘आयो भैरव’ हुने

फिल्मीखबर, काठमाण्डौ, 2019/02/04
एक समय एक्सन स्टार निखिल उप्रेतीका फिल्म भनेपछि हलको काउन्टरमा दर्शकको थेगिनसक्नु भीड हुन्थ्यो । हरेक फिल्म सुपरहिट हुन्थे । उनलाई लिएपछि निर्माताहरु लगानी सुरक्षित हुनेमा प्रदर्शन अगावै ढुक्क हुन्थे । तर, अहिले समय फेरिएको छ । कुनै समय उनका फिल्म भनेपछि केही नसोचि हल पुग्ने दर्शक अहिले फिल्म नहेर्दै नाक खुम्च्याउन थालेका छन् ।
 
केही वर्षयता उनका फिल्म 'ब्याक टू ब्याक' फ्लप छन् । उनले आफ्नो साख गुमाउनुको पछाडि पुरानो शैली छाडेर नयाँ शैली अपनाउन नसक्नुलाई मानिएको छ । उनी दुई-चारवटा एक्सन सिन भए फिल्म चल्छ भने सोचाइबाट मुक्त हुन अझै सकेका छैनन् । 'रुद्र', 'पिंजडा ब्याक अगेन' र 'भिलेन' उनी अभिनीत पछिल्ला रिलिज फिल्म हुन्, जुन असफल भए । 
 
 
अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनी ५ वर्ष काँचको पर्दाबाट हराएका थिए । आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म 'भैरव' बाट उनले ५ वर्षपछि कमब्याक गरे । वर्षौदेखि उनको एक्सन हेर्न नपाएर भोकाएका दर्शकले उनको कमब्याक सफल बनाए । तर, यसपछि प्रदर्शनमा आएका उनका कुनै फिल्म सफल भएनन् । बरु, पैसामुखी भएको आरोप मात्र खेपे । 
 
लगातार फिल्म असफल हुन थालेपछि केही संयमित भएका उनी अहिले आफ्नो धमाकेदार कमब्याक फिल्म ‘भैरव’ को सिक्वेलको तयारीमा छन् । निखिल आफैं फिल्मको कथा लेखिरहेका छन् ।  उनी स्वयंको निर्माण र निर्देशनमा बन्ने फिल्ममा चलेका कलाकारहरुको अभिनय रहने खबर प्राप्त छ । तर, उनी बाहेक अरु कलाकार भने फाइनल भएका छैनन् । 
 
फिल्मको नाम ‘भैरव २’ राख्ने तयारी भएता पनि अब ‘आयो भैरव’ हुने भएको छ । फिल्मले राजधानीभित्रको क्राइम बोल्ने बताइएको छ । २ करोडको लागतमा निर्माण हुने फिल्ममा निखिलले आफूलाई निर्देशनमा साथ दिन साउथ फिल्मबाट एक निर्देशक झिकाउँदैछन् । विशेष स्रोतका अनुसार, निखिलले फिल्मका लागि अहिले अभिनेता सौगात मल्लसँग कुरा गरिरहेका छन् । 
Most Visited News (monthly)