मोडलबाट अभिनेत्रीमा छलाङ्ग लगाएकी सुमी मोक्तानलाई फिल्म ‘सरौतो’ मा एक्सन अवतारमा देख्न पाइने भएको छ । करीब १ दशकदेखि भिडियो, फिल्म र विज्ञापनमा छायाँकारको रुपमा सक्रिय हरी हुमागाईंले निर्देशन गर्ने यस फिल्ममा उनी एक्सन लेडीको रुपमा प्रस्तुत हुँदैछन् ।
.jpg)
आइतबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्ममा सुमीसँग 'डायरी' फेम्ड अभिनेता सन्नी सिंहले रोमान्स गर्नेछन् । माघ २२ गतेबाट छायांकन सुरु हुने फिल्ममा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
.jpg)
फिल्मको घोषणा सभामा निर्देशक हरीले छायाँकारको रुपमा संगालेको अनुभवलाई निर्देशनमा प्रयोग गर्ने बताए । २० भन्दा बढी फिल्म खिचिसकेका उनले फिल्म निर्देशनमा आफ्नो पहिलो प्रयास भए पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
.jpg)
अभिनेत्री सुमीले फिल्मका लागि २ वर्षदेखि एक्सन ट्रेनिङ लिएको बताइन् । उनले भनिन्, ‘फिल्ममा मेरो भूमिका एकदमै चुनौतीपूर्ण छ । यद्यपि, फिल्मको चरित्रलाई न्याय गर्ने इमान्दार प्रयत्न गर्नेछु ।’ अभिनेता सन्नीले पनि भूमिका राम्रो भएकाले फिल्म छाड्न नसकेको बताए ।
.jpg)
उत्तम हुमागाईंको छायांकन रहने फिल्म राघव कृष्ण गौतमको कथामा निर्माण हुन लागेकोे हो । फिल्मलाई श्री महर्जनले निर्माण गर्नेछन् । राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने फिल्म काठमाडौं र बारामा खिचिनेछ ।

