Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.67/5.00)
Text size:-
+
-

चैत २२ मा ‘लभ स्टेशन’, भियतनाममा जसितासँग रोमान्टिक प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2019/02/03
 
अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि फिल्म चैत १ मा आउने फाइनल भएता पनि रिलिज डेट घोषणाको २४ घण्टामा नै निर्णय उल्टिएको थियो । यसपछि फिल्म चैत ८ र चैत २९ मा रिलिज हुने चर्चा थियो । अब फिल्म चैत २२ मा आउने कन्फर्म भएको छ । 
 
सुपरस्टार अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' चैत २९ मा आउने निश्चित भएपछि ‘लभ स्टेशन’ एक हप्ता अगाडि प्रदर्शनमा आउन लागेको हो । ‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको जोडी प्रदीप र जसिताको प्रमुख भूमिका रहेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । उज्ज्वल घिमिरे फिल्मका निर्देशक हुन् । 
 
यस फिल्मको एउटा गीत केही दिन अगाडि मात्र भियतनाममा खिचिएको छ । फिल्मको रोमान्टिक गीत ‘घाम जुन नै चाहिँदैन’ को छायांकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिए । गीतमा प्रदीप र जसितालाई फिचर्ड गरिएको छ । 
 
 
उक्त गीत अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायांकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि अभिनय रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् । 
Most Visited News (monthly)