Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलबुल’ गीतः स्वस्तिमाको ‘जाद्रै बस्यो दिल’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/02
अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को दोस्रो गीत सार्वजनिक भएको छ । भृकुटीमण्डपमा आयोजना भइरहेको क्यान इन्फोटेकमा शनिबार एक कार्यक्रमका बीच ‘जाद्रै बस्यो दिल’ बोलको गीत निर्माण टिमले सार्वजनिक गर्‍यो । गीतमा अभिनेत्री स्वस्तिमाको पीडा देखाइएको छ । 
 
 
उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको गीतलाई रजिना रिमालले गाएकी छन् । मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन छ । यो फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । फागुन ३ गते फिल्म रिलिज हुँदैछ । 
 
निर्देशक विनोद पोडेल फिल्ममार्फत् स्वस्तिमाको अभिनयमा नयाँ अवतार देखिने दाबी गर्छन् । नायिका खडकाले पनि यस फिल्म आफनो करियरकै कोशेढुंगा हुनेमा ठूलो आशा राखेको बताएकी छन् । अविरल थापाले फिल्म निर्माण गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् । 
 
फिल्ममा स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ । 
 
यसअघि सार्वजनिक भएको 'खुद्रा खाद्री माया' र 'कन्टेन्ट यूक्त' ट्रेलरले फिल्मको लोभलाग्दो हाइप निर्माण गरेको छ । सार्वजनिक गीत र ट्रेलरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । पहिलो पटक उनले चुनौतीपूर्ण भूमिका निभाएका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)