Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(44 votes, avg 4.95/5.00)
Text size:-
+
-

प्रदीपलाई मनपर्‍यो ‘क्याप्टेन’ ट्रेलर, भने- ‘म र अनमोल दाजुभाई’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/02
अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई नेपालका सलमान खान र शाहरुख खान भन्ने गरिन्छ । दुई खान बलिउडका प्रतिस्पर्धी हिरो हुन् भने अनमोल र प्रदीपलाई पनि प्रतिस्पर्धीका रुपमा लिने र हेर्ने गरिन्छ । दुई खान वर्षौदेखिको दुश्मनी भुलेर घनिष्ट मित्र भइरहँदा अनमोल र प्रदीपले पनि मित्रताको गाँठो कसिलो बनाउन थालेका छन् । 
 
 
अनमोलले छाडेको फिल्म ‘प्रेमगीत’ गरेपछि नसोचेको सफलता पाएका प्रदीपले शनिबार दिउँसो अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गर्दै निकै मिठो शैलीमा प्रशंसा गरेका छन् । उनले ट्रेलर राम्रो लागेको बताएका छन् । उनले अनमोल र आफूलाई दाजुभाइ समेत भनेका छन् । 
 
केही घण्टामा नै ट्रेलरले पाएको अत्याधिक भ्यूजले नेपाली फिल्मलाई माया गर्ने दर्शकको अनुमान गर्न सकिने भन्दै उनले अगाडि लेखेका छन्, 'नायक अनमोल केसी र म सिने कलाकारको रुपमा दुई मित्र त थियौं नै तर यो ट्रेलर हेरिसकेपछि अर्कोपक्ष, दाजुभाई पनि जोडिएछ । सिनेमामा अनमोल केसी उर्फ इशान खड्का, अनि म प्रदिप खड्का र सिनेमाका फुटबल प्रशिक्षक हरी खड्का ।'
 
उनले फागुन १७ गते एकसाथ रिलिज हुने ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ लाई सफलताको शुभकामना पनि दिएका छन् । कहिल्यै कुनै फिल्मको प्रचार सामाग्री फेसबुकमा साझेदार गरेर प्रशंसा नगरेका प्रदीपले केही दिन अगाडि फिल्म ‘द ब्रेकअप’ को ट्रेलरको पनि तारिफ गरेका थिए । तर, धेरैले ‘द ब्रेकअप’ को ट्रेलरको प्रशंसा गर्नुलाई उनले अनमोललाई चिड्याएको रुपमा टिप्पणी गरेका थिए । 
 

प्रदीपले ‘क्याप्टेन’ को ट्रेलर साझेदार गरेर प्रशंसा गरेपछि भने अनमोलका फ्यानले उनलाई ‘असल हिरो’ भन्न थालेका छन् । नेपालमा एउटा कलाकारले अर्को कलाकारको फिल्मलाई साथ सहयोग गर्ने संस्कारको विकास नभइरहेको अवस्थामा प्रदीपको यस कार्यलाई चलचित्रकर्मीहरुले प्रशंसा गरेका छन् । यसले दर्शकमा उनीप्रतिको सम्मान अरु थपिएको छ । 
 
प्रदीपले अनमोलको फिल्मको ट्रेलर फेसबुकमा साझेदार गरेर प्रशंसा गर्दैगर्दा अब अनमोलले पालोको पैंचो तिर्छन् वा तिर्दैनन् ? सबैका लागि चासोको विषय बनेको छ । केही दिनमा प्रदीप खड्का स्टारर फिल्म 'लभ स्टेशन' को पहिलो गीत सार्वजनिक हुँदैछ । 
Most Visited News (monthly)