Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.67/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ ट्रेलरको किर्तिमानी रेकर्ड

फिल्मीखबर, काठमाण्डौ, 2019/02/02
सुपरस्टार अनमोल केसीको क्रेज पुनः एकपटक प्रमाणित भएको छ । ‘कृ’ रिलिजपछि स्टारडम कमजोर भएको चर्चालाई उनले गलत साबित गरेका छन् । यसअघि नेपाली फिल्मका ट्रेलरले बनाएका सबै रेकर्ड ध्वस्त पार्दै शुक्रवार दिउँसो युट्युब रिलिज भएको उनी अभिनीत यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘क्याप्टेन’ ट्रेलरले युट्युबमा किर्तिमानी रेकर्ड बनाएको छ । 
 
 
रिलिजको २४ घण्टामा ट्रेलरलाई ८ लाखभन्दा बढीले हेरिसकेका छन् । आजसम्म कुनै नेपाली फिल्मको ट्रेलरले रिलिजको २४ घण्टामा ८ लाख 'प्लस' भ्यूज बटुल्न सकेका थिएनन् । यसअघि २४ घण्टामा सर्वाधिक भ्यूज पाउने फिल्मको रेकर्ड स्वयं अनमोलको नाममा थियो । उनी अभिनीत फिल्म 'कृ' को ट्रेलरलाई ६ लाखभन्दा बढी पटक हेरिएको थियो । 
 
‘क्याप्टेन’ ट्रेलरप्रति हजारौं कमेन्ट सकारात्मक आएका छन् । ट्रेलरलाई युट्युबमा ४२ हजार बढीले लाइक्स गरेका छन् । 'ऐश्वर्य' फेम्ड निर्देशक दीवाकर भट्टराई निर्देशित यस फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्म फागुन १७ मा रिलिज हुँदैछ । 
 
फिल्मको ट्रेलरमा खेलाडीमा देशप्रेमको भावना जगाउन भारतसँगको नाकाबन्दी र सीमा द्वन्द्वको विषय उठाइएको छ । फुटबलमा देशलाई गोल्ड मेडल जिताउने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकौं उचारचढावमा फिल्म आधारित रहेको ट्रेलरले भन्छ । ट्रेलर हेर्ने सबैले अनमोलको रोमान्टिक र खेलाडी अवतारलाई खुब रुचाएका छन् ।
 
फस्टलुक पोस्टरमा देखिएको अनमोलको खेलाडी लुक्स र हालसालै सावैजनिक भएको 'रहर छ सँगै' बोलको रोमान्टिक गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गरिसकेको अवस्थामा सार्वजनिक ट्रेलरले ‘क्याप्टेन’ प्रति दर्शकमा कौतुहलता र उत्सुकता बढाएको छ । 'अनमोलका फिल्ममा कन्टेन्ट हुँदैनन्' भन्ने आरोपबाट यो फिल्म मुक्त हुने संकेत पनि ट्रेलरले देखाएको छ । 
 
यस फिल्ममा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग अनमोलको जोडी बाँधिएको छ । सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्माता भुवन केसी हुन् । यसमा पटकथा सामिप्यराज तिमल्सिनाको हो ।
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)