Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल भन्छन्, ‘भारतले नेपाललाई धेरै हेपेको छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/02
अभिनेता अनमोल केसी गत वर्ष प्रदर्शनमा आएको फिल्म 'कृ' रिलिजको करीब एक वर्षपछि पुनः पर्दामा फर्किएका छन् । उनी अभिनीत नयाँ फिल्म हो 'क्याप्टेन', जुन आउँदो फागुन १७ मा रिलिजका लागि तयार छ । यसमा उनले एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । फिल्मको शुक्रवार दिउँसो ट्रेलर सार्वजनिक गरियो । 
 
 
फुटबलमा देशलाई गोल्ड मेडल जिताउन संघर्षरत एक युवकको भूमिकामा अनमोल छन् । उनको चरित्रको नाम 'इशान' हो । वास्तविक जीवनमा कहिल्यै फुटबलको पछाडि नदौडिएको बताउने उनले फिल्ममा फुटबल खेलाडीको चरित्रलाई न्याय गर्न केही हप्ता नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्काबाट तामिल लिएका थिए । 
 
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले भने- 'मलाई फिल्ममा खेलाडीको भूमिका निभाउन निकै गाह्रो भएको थियो किनकी मेरो लागि फुटबलको सब्जेक्ट नयाँ थियो । तर, फुटबल खेलाडीको भूमिका न्यायपूर्वक निभाउनका लागि एकदमै प्रयास गरेको छु ।' उनले आफूले फुटबल नखेलेको भए पनि मनपर्ने खेल भने रहेको बताए । 
 
उनी विश्व फुटबलको क्याप्टेन लियोनल मेस्सीलाई मान्छन् । कारण, उनी मेस्सीका जबरजस्त फ्यान रहेछन् । पत्रकारको एक प्रश्नको जवाफमा उनले मिठो मुस्कान ओठमा बोक्दै भने- 'म मेस्सीको ठूलो फ्यान हुँ किनकी म अनमोल केसी हुँ ।' आफ्नो स्वास्थ्यका लागि भए पनि अब फुटबल भने खेलिरहने उनको अठोट छ ।
 
उनले खेल मैदान पुगेर फुटबल खेल्ने नगरेको भएता पनि फुटबलको विषयमा पहिलादेखि नै जानकारी भने रहेको बताए । 'फुटबलको बारेमा म न्यूज र अपडेटहरु भने राखिरहेको हुन्छ', उनले भने । 'क्याप्टेन' मा फुटबल खेलाडीको भूमिका निर्वाहा गर्न पाउनु आफ्नो लागि गर्वको कुरा भएको उनले सुनाए । 
 
 
फिल्मको रिलिज अन्तर आवश्यक
 
अभिनेता अनमोल सँधै भन्ने गर्थे/गर्छन्, 'मेरा सबै फिल्म ६ महिना वा एक वर्षको अन्तरमा मात्र रिलिज हुन्छन् ।' तर, यस वर्ष उनका दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । फागुन १७ मा 'क्याप्टेन' रिलिज हुँदैछ भने चैत २९ मा 'ए मेरो हजुर ३' प्रदर्शनका लागि तयार छ । 
 
दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदै गर्दा 'आफ्नो बोली पूरा गर्न नसकेको' भन्दै अहिले उनको बोलीमाथि प्रश्न उठिरहेको छ । तर, उनले अझै पनि फिल्मको रिलिज अन्तर अत्यन्त आवश्यक रहने रटान लगाउन भने छाडेका छैनन् । 'ब्याक टू ब्याक' फिल्म रिलिज हुनु राम्रो नहुने उनको बुझाइ छ । 
 
कार्यक्रममा 'क्याप्टेन' र 'ए मेरो हजुर ३' को रिलिज अन्तरको विषयमा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने- 'समयको अन्तर फिल्मका लागि एकदम आवश्यक हुन्छ । यो सत्य हो । तर, म एउटा एक्टर भएका कारण यो 'प्रमिस' गर्छु कि मेरो हरेक फिल्म जुन आउँछ त्यो धमाकेदार रुपमा आउँछ र सबैको मन जित्ने गरि आउँछ ।' 
 
 
नेपाली फिल्मको प्रतिस्पर्धा हलिउड र बलिउडसँग मात्र 
 
नेपाली फिल्मबीच प्रतिस्पर्धा नभइ हलिउड र बलिउडसँग मात्र रहेको अभिनेता अनमोलको भनाइ छ । उनी नेपाली फिल्मबीच नै प्रतिस्पर्धाको भावना हुनु नहुने तर्क राख्छन् । उनी भन्छन्, 'हाम्रो नेपाली फिल्म भनेको एउटै हो । त्यसैले हामी हामीसँगै कहिल्यै प्रतिस्पर्धा गर्नु हुँदैन ।'
 
फिल्म 'क्याप्टेन' ले सम्पूर्ण नेपाली एकजुट हुनु पर्ने सन्देश दिने पनि उनले बताए । 'भारतले हाम्रो देशलाई वर्षौदेखि हेपिरहेको छ । हामी सबैलाई थाहा छ त्यो पीडा । त्यही पीडालाई 'ओभरकम' गरेर जुन हरेक नेपालीहरुको सपना छ 'नेपालले जितोस्' भन्ने त्यही चिज हामीले 'क्याप्टेन' बाट प्रमाणित गर्न खोजेको छौं', उनी सुनिए । 
Most Visited News (monthly)