(3).jpg)
सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल ट्रेलर विश्वभर एकसाथ युट्युबमार्फत् सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर सार्वजनिक गरिएको ट्रेलर धमाकेदार बनेको छ । ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारहरुलाई स्थान दिइएको छ ।

फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको जीवनमा आउने अनेकन उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अभिनेता अनमोलले फिल्ममा एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । ट्रेलरमा उनको खेलाडी अवतार जबरजस्त छ ।

कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज, भिएफएक्स र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर 'पर्फेक्ट' बनेको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा झनै कौतुहलता बढाउनेमा शंका छैन ।

अनमोलको अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग प्रेम, अन्य देशलाई फुटबलमा हराउन खेल मैदानमा गरेको संघर्ष, देशप्रेम, परिवारप्रतिको जिम्मेवारीलाई ट्रेलरमा रोचक शैलीमा देखाउन खोजिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्ने पक्का छ ।

फागुन १७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मका निर्माता भुवन केसी हुन् । ‘क्याप्टेन’ को लेखक निर्देशक दीवाकर स्वयं हुन् ।
(4).jpg)
पटकथा सामिप्यराज तिमल्सिनाको हो । उक्त फिल्ममा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । कार्यक्रममा बोल्दै अभिनेता अनमोलले कहिल्यै फटुबल नखेलेको भए पनि फिल्ममा आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन ३ महिना ट्रेनिङ लिएको बताए ।
ट्रेलर हेर्नुहोस् :-

