Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वरिष्ठ कलाकार वि.एस राणाको निधन

फिल्मीखबर, काठमाण्डौ, 2019/02/01
 
वरिष्ठ कलाकार वि.एस राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । शुक्रवार बिहान लाजिम्पाटमा अवस्थित टिचिङ अस्पतालमा उनको निधन भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनी करीब एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । अन्तिम समयमा उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले बतायो । 
 
वि.एस राणाको शुक्रवार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । नरेन्द्रशम्सेर जबरा र राजकुमारी देवीको जेष्ठ सुपुत्रको रूपमा काठमाडौंमा जन्मिएका उनलाई कुनै बेला नेपाली सेक्सपियर नामले चिनिने गरिन्थ्यो । उनले १२ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । 
 
वि.सं. २०४१ सालमा फिल्म 'अन्याय' बाट रजतपटको अभिनय यात्राराम्भ गरेका राणाले 'कोसेली', 'चिनो', 'दक्षिणा', 'दुई थोपा आँशु', 'नेपाली बाबु', 'करोडपति', 'अपराध', 'माया त माया हो', 'वसन्ती', 'देश', 'कसले चोर्‍यो मेरो मन', 'सेतो बाघ' लगायतका फिल्ममा आफ्नो निख्खर अभिनय कौशल देखाएका थिए । 
 
उनले 'सिद्धार्थ' र 'वसन्ती' चर्चित नाटकको निर्देशन समेत गरेका छन् । ललितपुरको बागडोल बासिन्दा उनी श्रीमती र दुई छोरीका साथ जीवन व्यतित गर्दै आइरहेका थिए । उनको अंग्रेजी लवज मिसिएको बोलिले सबैलाई लोभ्याउने गर्दथ्यो । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । 
Most Visited News (monthly)