Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘गुप्त’ को आइटम गीतमा सुष्माको बोल्ड ठुम्का

फिल्मीखबर, काठमाण्डौ, 2019/01/31
 
'ब्याक टू ब्याक' आफू अभिनीत फिल्म असफल भएपछि फिल्मी दुनियाँबाट दूरी बढाएकी अभिनेत्री सुष्मा कार्की फिल्म ‘गुप्त’ को एक आइटम गीतमा ठुम्का लगाउँदै देखिएकी छन् । 'म आँख मारिदिन्छु' बोलको गीतमा सुष्मालाई बोल्ड अवतारमा देख्न सकिन्छ ।
 
गीतमा स्वर सहिमा श्रेष्ठको छ भने संगीत सजन श्रेष्ठको छ । राज कर्माकारको शब्दमा तयार भएको गीतको भिडियोलाई दिप्सन डंगोलले खिचेका छन् । फिल्मलाई दिपेन्द्र अग्रवाल र मीता मुराकार अग्रवालले निर्माण गरेका हुन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । 
 
शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको फिल्मलाई राज रोय र भोजराज घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका छन् । ‘गुप्त’ मा भरत कार्की, नाफे खान, सुष्मा कार्की, सन्दिप सिग्देल, अंशु थापा, विश्वराज ढकाल, नीभा अधिकारीलगायतको अभिनय छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)