Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ मा किसानको वास्तविक समस्या : कृषि मन्त्री

फिल्मीखबर, काठमाण्डौ, 2019/01/31
गीतसंगीत र 'कन्टेन्ट' यूक्त ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्म ‘गोपी’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । यसअघि ‘घामपानी’ निर्देशन गरेका र चाँडै दीपकराज गिरी र रोहित अधिकारी टिमको फिल्म निर्देशन गर्न लागेका दीपेन्द्र लामा निर्देशित फिल्ममा स्वदेशमै अथाह सम्भावना देखाइएको छ । 
 
 
फिल्ममा अभिनेता विपिन कार्की गाईपालकको भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री द्वय वर्षा राउत र सुरक्षा पन्त छन् । गाईपालन गर्दा किसानले झेल्नु पर्ने अनेकौं समस्यालाई फिल्ममा सरल ढंगले देखाइएको छ । एकपटक असफल हुँदैमा निराश हुनु हुँदैन भन्ने उत्प्रेरणा पनि फिल्मले दिएको छ । 
 
बुधबार सिटी सेन्टरको बिग मुभिजमा आयोजना गरिएको ‘गोपी’ को विशेष शोमा कृषि मन्त्री चक्रपाणी खनालले फिल्मले किसानको वास्तविक समस्या देखाएकोमा खुसी व्यक्त बताए । उनले भने, 'किसानका धेरै समस्याहरु छन् । फिल्मले देखाएको किसानको समस्यालाई सरकारले समाधान गर्नेछ ।' उनले ‘गोपी’ लाई केही सहयोग गर्ने आश्वासन पनि दिए ।
 
 
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले फिल्मले नेपालका किसानहरुको वास्तविकता उतारेको बताइन् । उनले भनिन्, 'किसानहरुको समस्यालाई फिल्मले एकदमै सहज र सरल तरिकाले उठाएको छ । यही नै हो किसान र कृषि क्षेत्रको वास्तविक समस्या भनेकै ।' 
 
नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष तथा सिताराम गोकुल मिल्कका प्रवन्ध निर्देशक सुमित केडियाले किसानको समस्या मात्र फिल्मले उजागर गरेको बताए । उनी डेरी क्षेत्रमा पनि ठूलो समस्या रहेको बताउँछन् । उनले भविष्यमा डेरी क्षेत्रको समस्यामाथि पनि फिल्म निर्माण गर्न आग्रह गरे । 
 
 
दानाको मुल्य बढ्ने तर दूधको मुल्न नबढ्ने, बैंकले मनलाग्दी र जथाभावी रुपमा ब्याजदर बढाउने, स्वदेशमै नीजि व्यवसाय गर्नका लागि परिवारबाट नमिल्ने सहयोगलगायतका गहकिला समस्यालाई फिल्मले देखाउन खोजेको छ । फिल्ममा निर्देशक लामाको कथालाई पटकथामा सामिप्यराज तिमल्सिनाले ढालेका हुन् । 
Most Visited News (monthly)