Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘धुर्मुस-सुन्तली’ ले घोषणा गरे ३ अर्बको क्रिकेट रंगशाला

फिल्मीखबर, काठमाण्डौ, 2019/01/30
 
कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेद्वारा सञ्चालित गैर नाफा मुलक सामाजिक संस्था 'धुर्मुस-सुन्तली फाउण्डेशन' ले 'गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला' निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ । 
 
त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो । फाउण्डेशनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ । सितारामका अनुसार, महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।
 
रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरिने भरतपुर महानगरकी मेयर रेणु दाहालले जानकारी दिइन् । उनले क्रिकेट रंगशालामा पहिलो खेल भारत-पाकिस्तानबीच हुने गरी तयारी थाल्ने पनि बताइन् । 
 
 
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै रंगशाला निर्माणका लागि साढे तीन करोड बढी सहयोग जुटेको छ । कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ । देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउण्डेशनका अध्यक्ष 'धुर्मुस' ले बताएका छन् । 
 
धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत उच्च पदस्थ सरकारी अधिकारी, कलाकार तथा खेलप्रेमीहरूको उपस्थिति थियो । 
 
भिडियोमो हेर्नुहोस् यस्तो बन्नेछ रंगशाला :-

Most Visited News (monthly)