Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१८ लाखमा रमितले साइन गरे फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2019/01/30
दशक अगाडि नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका अभिनेता रमित ढुंगाना केही वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । पछिल्लो रिलिज फिल्म 'बुद्ध वर्न इन नेपाल' पछि उनी अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् र कुनै फिल्ममा काम पनि गरेका छैनन् । 'बुद्ध वर्न इन नेपाल' को च्यारिटीमा पनि उनी लामो समय व्यस्त थिए । 
 
यसबीच रमितले करीब २ वर्षपछि एक फिल्म साइन गरेका छन् । यही माघ १४ गते निर्मात्री र अभिनेत्रीबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । बिचल किराँतीको निर्देशन रहने अनटाइटल फिल्ममा उनले १८ लाख पारिश्रमिक बुझेको जानकारी प्राप्त छ । फिल्मको छायांकन चैत पहिलो साताबाट सुरु हुँदैछ । 
 
 
फिल्मलाई सरु राईले निर्माण गर्नेछिन् । फिल्मीखबरसँग कुराकानी गर्दै रमितले कथावस्तु मन परेर काम गर्न राजी भएको बताए । उनले भने, 'धेरैपछि मलाई स्क्रिप्ट मनपर्‍यो । मैले निभाउने चरित्र पनि गजब लाग्यो । निर्देशकको 'कन्फिडेन्ट' ले गर्दा पनि फिल्म छाड्न सकिनँ ।' उनले फिल्मका लागि आफूले निकै मेहनत गर्नुपर्ने बताए । 
 
'मेरो क्यारेक्टर हिरो पनि हो, हल्का साइको पनि छ । फिल्ममा कमेडी र एक्सन पनि छ', उनले अगाडि भने, 'स्क्रिप्ट कमालको छ । मेरो भूमिकाले दर्शकलाई निराश बनाउँदैन भन्ने लागेपछि फिल्म गर्न तयार भएको हुँ ।' फिल्ममा उनको अपोजिटका लागि अहिले निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । 
 
निर्देशक किराँतीले फिल्ममा रमितको पारिश्रमिक १८ लाखमा रहेको र फिल्मको लागत एक करोड हुने बताएका छन् । रमितले पनि फिल्मका लागि १८ लाख बुझेको स्वीकार गर्छन् । तर, नेपाली कलाकारहरु महँगो पारिश्रमिकको डंका पिट्न निकै सिपालु छन् । रमितले चाहिँ कति इमान्दारपूर्वक भनेका हुन् ? त्यो भने भगवान जानुन् !
 
उक्त फिल्म ‘किराँती ईन्टरटेनमेन्ट’ ब्यानरमा बन्नेछ । यो फिल्मपछि रमित आफ्नै होम प्रोडक्सनबाट फिल्म ‘पृथ्वीनारायण शाह’ बनाउने तयारीमा छन् । तर, ठूलो 'सब्जेट' भएका कारण उक्त फिल्म निर्माण हुन केही समय अझै लाग्ने उनले बताए । एक्सन हिरोको रुपमा चिनिने रमितले एकसमय थुप्रै हिट हिट दिएका थिए । 
Most Visited News (monthly)