Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्माको मनमा बास बस्ने राजको चाहना (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/01/30
 
नविन निरौलाको लेखन र निर्देशनमा बनेको फिल्म ‘फिङ्गर प्रिन्ट’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । 'चाहिँदैन भो' बोलको गीतमा गायक दीपक लिम्बुको स्वर सुन्न सकिन्छ भने दयाराम पाण्डेको शब्दमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्मका लिड अभिनेता राज क्षितिज र अभिनेत्री आयुष्मा कार्की फिचर छन् । यो फिल्म फागुन १० गते प्रदर्शन आउँदैछ । मेडिकल साइन्सको बिषयमा केन्द्रित फिल्मको निर्माता अनिल श्रेष्ठ (रोमन) र शंकर आचार्य हुन् । 
 
फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, रमेश बुढाथोकी, आनन्द पुनलगायतका कलाकारले अभिनय गरेका छन् । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्मले भरपुर मनोरञ्जनका साथै समाजपयोगी सन्देश प्रवाह गर्ने दावी निर्देशक नविनको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)