Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाइलट बन्न ७ केजी तौल बढाउँदै जाह्नवी

एजेन्सी, मुम्बई, 2019/01/29
 
जाह्नवी कपूरले २०१८ मा फिल्म 'धडक' बाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै उनी इन्डस्ट्रीमा छाएकी छन् । अहिले उनी इन्डियन एयरफोर्सकी पाइलट गुञ्जन सक्सेनाको बायोपिकमा व्यस्त छिन् । योसँगै उनीसँग करण जोहरको मल्टिस्टारर फिल्म 'तख्त' पनि छ । 
 
अहिले भने जाह्नवीको सारा फोकस गुञ्जनको बायोपिकमा छ । क्यारेक्टरमा आफूलाई ढाल्न उनले निकै मिहिनेत गरेकी छन् । भारतीय मिडियाका अनुसार, हाल उनी आफ्नो वजन बढाइरहेकी छिन् । फिटनेस र डाइट कन्सियस उनलाई वजन बढाउन निकै मुश्किल भइरहेको बताइएको छ । 
 
चरित्रमा आफूलाई पूरै तरिकाबाट उतार्नका लागि जाह्नवीले आफ्नो करीब ७ केजी तौल बढाउनेछिन् । चरित्रलाई न्याय गर्न जाह्नवीले गुञ्जनसँग पनि थुप्रै पटक भेट गरिसकेकी छन् । गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट हुन् । 
 
गुञ्जनले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् । उनलाई शौर्य चक्रबाट समेत पुरस्कृत गरिएको छ । यो पुरस्कार पाउने उनी पहिलो महिला हुन् । उनी आफ्नो बहादुरीका कारण संसारभर प्रख्यात छिन् । 
Most Visited News (monthly)