Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाजिर र शिल्पा फिचर्ड ‘कागजपत्र’ गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2019/01/29
रिलिज क्यालेन्डर चैत ८ गतेलाई रोजिएको फिल्म ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘माया संसार...’ बोलको गीत पत्रकारलाई साक्षी राख्दै सार्वजनिक गर्‍यो । गीतमा हर्कुलस बस्नेतको स्वर छ । 
 
 
गायक स्वयंमको शब्द रहेको गीतले प्रेम जोडीको प्रेम र पीडा बोल्छ । नाजिर हुसेन र शिल्पा मास्के प्रेम जीवन र भोलाराज सापकोटा र सरिता गिरीको बैबाहिक जीवनमा आउने उतारचढावलाई गीतमा देखाइएको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । 
 
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए । 
 
यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 
 
फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अभिनेत्री शिल्पाले आफ्नो डेब्यु फिल्म भएका कारण ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताइन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)