Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाको रोजाइ सोनम, आकाश कथाको माग

फिल्मीखबर, काठमाण्डौ, 2019/01/28
निर्देशक सुदर्शन थापा निर्देशित फिल्मको प्रतिक्षा दर्शकमा व्यग्र हुने गर्छ । दर्शक रुवाउन सफल निर्देशकको रुपमा चिनिएका उनले 'मेरो एउटा साथी छ', 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु', 'रामकहानी' जस्ता सफल फिल्म पस्किएर फिल्म क्षेत्रमा आफ्नो अलगै पहिचान बनाएका छन् । उनले केही फिल्ममा हिरो भएर समेत काम गरेका थिए । 
 
 
हिरोमा चल्न नसके पनि उनी फिल्म निर्देशनमा भने सफल छन् । हाल उनी यूकेमा छायांकन हुन लागेको ११ औं प्रोजेक्ट ‘सम्हालिन्छ कहिले मन’ को तयारीमा व्यस्त छन् । फिल्ममा उनको निर्देशन रहनेछ । यसमा दर्शकले सर्वाधिक रुचाएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठ दोहोरिएका छन् । यसअघि यी दुईले फिल्म 'रामकहानी' मा रोमान्स गरेका थिए । 
 
यस फिल्ममा पूजासँग आकाशले मात्र रोमान्स गर्दै छैनन् । नव-नायक सोनम तोप्देन पनि फिल्ममा हिरोको रुपमा छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको थियो । गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतको पनि फिल्ममा अभिनय रहनेछ । 
 
दोहोर्‍याएर कुनै हिरोसँग काम नगर्ने र हरेक फिल्ममा पूजा आफैंले हिरो छान्ने गरेको चर्चा सिनेवृतमा चल्ने गरेको छ । उक्त फिल्मको घोषणा सभामा उनले पहिलो पटक फिल्ममा आफैंले हिरो छानेको बताइन् । उनले भनिन्, 'यसअघि मैले कहिल्यै हिरो छानिनँ । तर, यो फिल्ममा सोनमलाई मैले नै रोजेको हुँ । आकाशलाई भने कथाले मागेको हो ।' 
 
 
‘पूजाले कुनै हिरोसँग दोहोर्‍याएर काम गर्दिन भनेर भन्नुहुन्थ्यो । यसमा आकाशसँग दोस्रो पटक काम गर्दैछु । हिरो आफैं छान्छे पनि भन्नुहुन्थ्यो । हो, यसपटक सोनमलाई मैले छानेको हुँ । अब मलाई के सोध्नुहुन्छ ?’ उनले पत्रकारलाई सोधिन् । आकाश र सोनमसँग रोमान्स गर्न यो फिल्ममा उनले १५ लाख पारिश्रमिक बुझेकी छन् । 
Most Visited News (monthly)