
बलिउडका दबंग सलमान खानको फिल्मको प्रतिक्षा प्रशंसकमा सँधै रहने गर्दछ । साल २०१८ देखि नै फिल्म 'भारत' लाई लिएर उनी चर्चामा छन् । फिल्मको अहिले अन्तिम चरणको छायांकन भइरहेको छ । यसमा उनको अपोटिमा अभिनेत्री कैटरीना कैफ छिन् । हालै फिल्मको धमाकेदार टिजर रिलिज भएको थियो ।
अब सलमानले चर्चित निर्देशक रोहित शेट्टीसँग एक प्रोजेक्टमा काम गर्न लागेको खबर बाहिरिएको छ । रोहितको फिल्म 'सिम्बा' २०१८ को अन्त्यतिर रिलिज भएको थियो । फिल्मले बक्सअफिसमा कयौं रेकर्ड आफ्नो नाम गर्यो । साथै, रोहित यो फिल्मबाट बक्सअफिसमा सबैभन्दा ठूलो खेलाडी समेत बनेका छन् ।
सुत्रका अनुसार, रोहित शेट्टी र साजिद नाडियाडवाला, सलमानलाई लिएर फिल्म बनाउने र फिल्मको कन्टेन्टमा विचार गर्न कयौं पटक मिलिसकेका छन् । जुन आइडियामा दुई कुरा गरिरहेका छन् त्यसमध्ये फिल्म 'किक' मा सलमानले निभाएको देवी लाल सिंह (डेविल) को रोल दिमागमा चलिरहेको छ ।
आइडिया प्लान अनुसार चले सलमान, रोहितको फिल्ममा एक पुलिस अफिसरको भूमिकामा देखिन सक्नेछन् । साल २०१० मा रिलिज भएको 'दबंग' मा पनि सलमान पुलिस अवतारमा प्रस्तुत भएका थिए । यस वर्षको अन्त्यसम्ममा रोहित शेट्टीसँग सलमान नयाँ प्रोजेक्टमा काम गर्न सक्नेछन् ।

