Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोवामा रोमान्टिक बने रुप र आरोही

फिल्मीखबर, काठमाण्डौ, 2019/01/28
‘जोनी जेन्टलम्यान’ फेम निर्देशक नितिन चन्द निर्देशित दोस्रो फिल्म ‘गीत गजल’ को हाल भारतको गोवामा एक गीतको छायांकन भइरहेको छ । सुरेश काफ्लेले खिचिरहेको गीतमा फिल्मका लिड अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंह फिचर्ड छन् । 
 
 
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन भैरहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सुरेश लामा र अञ्जु पन्तको स्वर छ । 'छ कि छैन् थाहा' बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।
 
 
‘गीत गजल’ मा रुप र आरोहीका अलावा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक चन्दले आफूले गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाड्ने बताए । 
 
 
फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।
Most Visited News (monthly)