Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुशीलको मायामा अल्झिइन् सुवेक्षा (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/01/27
माघ १८ गतेबाट प्रदर्शनमा आउन तयार रहेको एक्सन-लभस्टोरी फिल्म ‘रणवीर’ को रोमान्टिक गीत इन्टरनेट रिलिज भएको छ । ‘मायामा म’ बोलको सार्वजनिक गीतमा हर्कुसल बस्नेत र प्रविशा अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा गायक बस्नेत स्वयंको शब्द तथा संगीत छ ।
 
 
सार्वजनिक गीतको भिडियोमा फिल्मका लिड अभिनेता शुशील सिटौला र अभिनेत्री सुवेक्षा खड्का फिचर्ड छन् । गीतले प्रेमभाव बोल्छ । मायामा अल्झिनुको कारण उनीहरु एकअर्कालाई प्रेमिल अन्दाजमा सोधिरहेका छन् । गीत पोखराको सेरोफेरोमा खिचिएको हो । 
 
यो फिल्ममा शुशील र सुवेक्षाका अलावा सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । 
 
फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)