Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म मोडल र एक्टर दुबै : पुष्प खड्का

फिल्मीखबर, काठमाण्डौ, 2019/01/27
नेपाली म्यूजिक भिडियोको क्षेत्रमा कहलिएको नाम हो पुष्प खड्का । खासगरि उनले भिडियोको माध्यमबाट शहरिया युवापुस्तामा आफ्नो अग्रता फराकिलो बनाएका छन् । करीब ५ सयको आसपासमा भिडियोमा अभिनय गरिसकेका उनी अब आफूलाई फिल्ममा चकलेटी हिरोका रुपमा स्थापित गर्ने दौडमा छन् । 
 
डेब्यु फिल्म 'अझैपनि' भए पनि उनले लिड रोलमा ब्रेक पाएको पहिलो फिल्म 'दर्पण छायाँ २' हो । तर, दुर्भाग्य ! उनको दुबै फिल्म बक्सअफिसमा असफल भए । दुई फिल्मको असफलताले उनमा निराशा पलाएको थियो । यस्तैमा उनमाथि बाघ निर्माता छविराज ओझाको आँखा पर्‍यो र फिल्म 'मंगलम' का लिड रोल पाए । 
 
यो फिल्म बक्सअफिसमा हिट भयो । उनको अभिनयको पनि वाहवाही भयो । यो फिल्मपछि अहिलेका गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काका लागि उनी 'थ्रेट' हुनसक्ने चर्चा हुन थालेको छ । 'मंगलम' को सफलतापछि अहिले उनलाई आफ्नो फिल्ममा लिन निर्माताहरु तानातान गरिरहेका छन् । 
 
 
तर, उनी ठूलो संघर्षपश्चात् बनाएको सुन्दर घर भकाभक फिल्म गरेर भत्काउन चाहेका देखिँदैनन् । पुष्प फिल्म छनोटमा चुजी देखिएका छन् । यसबीच 'मंगलम' रिलिजको करीब १ वर्षपछि उनी प्रतिष्ठित ब्यानर मह संचारको तल बनेको फिल्म 'दाल भात तरकारी' मा देखिँदैछन् । यो फिल्म बैशाख १३ मा रिलिज हुँदैछ । 
 
उक्त फिल्म रिलिज हुनुभन्दा अगाडि उनी नवल नेपालको फिल्म 'मारुनी' गर्दैछन्, जसमा उनको अपोजिटमा अहिलेकी गिनेचुनेकी अभिनेत्री साम्राज्ञी आरएल शाह छिन् । 'ब्याक टू ब्याक' विग प्रोजेक्ट हात परिरहे पनि पुष्पले भने अझै भिडियोको संख्या कम गर्न सकेका छैनन् । उनी अभिनीत भिडियो प्रायः दिनैपिच्छे रिलिज हुँदै आएका छन् । 
 
फिल्ममा अभिनय गर्ने सानैदेखिको इच्छा रहेको बताउने पुष्पले अब म्यूजिक भिडियो कम गर्न आवश्यक रहेको चलचित्रकर्मी र दर्शकको भनाइ छ । भिडियो दिनहुँ युट्युब र टिभीमा आउँदा 'फिल्मको गीत हो वा भिडियो' भन्नेमा दर्शक 'कन्फ्युज' हुनसक्छन्, जसको प्रत्यक्ष प्रभाव उनको करियरमा पर्न सक्छ । 
 
पुष्प पनि यो कुरालाई आत्मसात् गर्दछन् । उनी विस्तारै भिडियो कम गर्न थालेको बताउँछन् । शुक्रवार फिल्म 'दाल भात तरकारी' को गीत सार्वजनिक कार्यक्रममा उनलाई पत्रकारले सोधे-'तपाईंलाई मोडल भन्ने कि हिरो ?' उनले आफूलाई मोडल र एक्टर दुबै भन्न चाहने बताए । 
 
उनले भने, ‘सुरुमा फिल्ममा आउनका लागि मैले सजिलो बाटो मोडलिङ 'फिल्ड' देखेको थिएँ । टार्गेट चाहिँ एक्टर नै बन्नु थियो । म्यूजिक भिडियोमार्फत् दर्शकमाझ एउटा 'स्पेस' बनाउन सक्छु भन्ने जुन 'कन्फिडेट' ममा थियो त्यो नै मैले गरेँ ।’ उनले अब राम्रो गीतको भिडियोमा मात्र काम गर्ने सोचमा रहेको बताए । 
Most Visited News (monthly)