Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुपविक्रमको ‘कप्स’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/01/26
 
'ह्यान्डसम भिलेन' को रुपमा चिनिने अभिनेता अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको फिल्म ‘कप्स’ अब प्रदर्शनका लागि तयार भएको छ । सम्राट सापकोटाको निर्देशन रहेको फिल्म आउँदो चैत ८ गतेबाट देशभर प्रदर्शनमा आउने प्रस्तुतकर्तामा राम शाक्यले जानकारी दिएका छन् । 
 
यो फिल्ममा अनुपले डीएसपी अमन सिंहको भूमिका निभाएका छन् । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । ‘कप्स’ बाट सन्दिपा लिम्बुले नेपाली रजतपटमा पाइला राख्दैछिन् । 
 
अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व छ । 
 
एक्सन र लभस्टोरी जनरामा बनेको फिल्ममा कविराज गहतराज र शिशिर खातीको नृत्य र विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने फिल्मको एउटा गीतको छायांकन टर्कीमा गरिएको छ । 
Most Visited News (monthly)