अली अब्बास जफरको निर्देशनमा बनेको बलिउड सुपरस्टार सलमान खानको महत्वाकांक्षी फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ । यो फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ । फिल्ममा सलमान फरक-फरक भूमिकामा छन् । कटरीना कैफ, सुनील ग्रोवर, दिशा पाटनीको पनि फिल्ममा लिड रोल छ ।

‘भारत’ कोरियन फिल्म 'ओड टू माई फादर' मा आधारित रहेको बताइएको छ । टिजरमा सलमान दमदार डाइलगसँग धमाकेदार इन्ट्री लिँदै देखिएका छन् । उनी रकस्टार लुक्समा प्रस्तुत छन् । बाइकमा इन्ट्री गर्दै देखिएका छन् । टिजरमा उनको अनेक लुक्स देख्न सकिन्छ ।
यसमा सलमानको क्यारेक्टरको नाम भारत छ । टिजरमा दबंग खानलाई मात्र प्राथमिकता दिइएको छ । अरु कोही कलाकार अटेका छैनन् । 'भारत' मा वरुण धवनले केमियो रोल गरेका छन् । सलमान र निर्देशक जफरको भने यो तेस्रो सहकार्य हो ।
फिल्मको सस्पेन्स खुल्ने डरले निर्माण टिमले टिजरमा कटरीनालाई लुकाएको बताइएको छ । ‘टिजरमा कैटरीनालाई देखाएको भए दर्शकलाई फिल्मको कथाको अन्दाज हुन्थ्यो । त्यसैले उनलाई टिजरबाट टाढा राखिएको हो’, स्रोतले भनेको छ । टिजरमा मात्र सलमानको क्यारेक्टर स्थापित गरिएको छ ।
टिजर हेर्नुहोस् :-

