Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दाल भात तरकारी’ गीतः हरिवंशको जोडी निरुता, आँचलसँग पुष्पको छमछमी

फिल्मीखबर, काठमाण्डौ, 2019/01/25
मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को पहिलो गीत युट्युब रिलिज भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषले दिएको साइत अनुसार दिउँसो १ बजेर २७ मिनेटमा पत्रकारलाई देखाउँदै निर्माण टिमले निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको ‘भिजिट भिसामा’ बोलको गीत रिलिज गर्‍यो । 
 
 
गीतमा हरिवंश आचार्यको शब्द र शम्भुजीत बाँस्कोटाको संगीत सुन्न सकिन्छ । कोरियोग्राफर कविराज गहतराजको स्टेपलाई भिडियोमा फिल्मका लिड कलाकारहरु हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत र राजाराम पौडेलले फलो गरेका छन् । गीतले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाउने निश्चित छ । 
 
कलाकार हरिवंशले फिल्मको भाव सुहाउँदो गीत रहेको बताए । फिल्मको हाइप निर्माणमा सार्वजनिक गीतले ठूलो भूमिका खेल्नेमा विश्वस्त रहेको उनी बताउँछन् । बैशाख १३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दाल भात तरकारी’ मा अझै दुई गीत छन् । फिल्मलाई कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् । 
 
मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । फिल्ममा हरिवंश र निरुताको जोडी बाँधिएको छ । 
 
विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता केसीले फिल्म राम्रो बनाउन कुनै कुरामा कञ्जुस्याइ नगरेको बताए । उनी गीतजस्तै फिल्म पनि राम्रो बनेको बताउँछन् । 
 
अभिनेता पुष्पले राम्रो टिमसँग काम गर्न पाउँदा एकदमै खुसी छु । उनी उक्त फिल्म आफ्नो करियरका लागि कोशेढुंगा साबित हुनेमा विश्वस्त छन् । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा छन् । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)