Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशकमाथि ‘प्रेमलीला’ नायिकाको आरोप- ‘पैसा खाएर भाग्यो’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/25
फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’ यतिबेला विभिन्न कारणले चर्चामा छ । फिल्मका लागि अभिनेत्री दीपशिखा खड्काले पाँच पटक कपाल मुण्डन गरिन् । भारतीय मुलका एक मोडल फिल्ममा प्रमुख भूमिकामा छन् । फिल्म चर्चामा रहनुको अर्को कारण हो निर्मात्री र निर्देशकको ‘पानी बाराबार’ । 
 
 
फिल्मकी निर्मात्री समेत हुन् दीपशिखा । यो फिल्मको आधाउधी छायांकन जनक पाण्डेले निर्देशन गरेका हुन् । बाँकी छायांकन दीपशिखा स्वयंले गरेकी छन् । आखिर किन छाडे निर्देशक पाण्डेले फिल्म र निर्मात्री खड्काले नै किन सम्हालिन् त निर्देशनको जिम्मेवारी ? यस विषयमा दीपशिखाले मुख खोलेकी छन् । 
 
केही दिन अगाडि फिल्मको ट्रेलर रिलिज कार्यक्रममा निर्देशकलाई लात हानेर निकालेको बताएकी उनले बिहीवार साँझ फेसबुकमा लामो स्टाटस लेख्दै निर्देशक पाण्डेले आर्थिक हिनामिना गरेको आरोप लगाएकी छन् । फिल्ममा पाण्डेले पनि लगानी गर्ने शर्त भएको तर छायांकनको क्रममा उल्टै आफूबाट पैसा लिएर भागेको उनले बताएकी छन् । 
 
उनले लेखेकी छन्, 'मैले बार-बार फोन सम्पर्क गरेँ, फेसबुकमा म्यासेज गरेँ तर कुनै जवाफ आएन । त्यसपछि रिसले गाली गरेर म्यासेज गरेँ, पुलिस केस गर्ने धम्की दिएँ तर पनि केही सिप लागेन ।’ फिल्मको छायांकन पैसा अभावका कारण रोकिने भएपछि दिदी (नानी मैयाँ कार्की) ले आफूलाई १५ लाख दिएको उनले स्टाटसमा भनेकी छन् । 
 

'दिदीले दिनुभएको पैसाले पनि पुगेन र मैले आफूसँग भएको सुन र गाडी बेचेर सुटिङ सकेँ', उनले अगाडि लेखेकी छन्, 'जसोतसो फिल्मलाई पूर्ण रुप दिएँ । तर, अझै २०-२२ लाखको खर्च छ ।' ‘प्रेमलीला’ लाई दीपशिखाले आधा छायांकन गरेको भए पनि फिल्ममा न उनको न त निर्देशक जनकको नै नाम निर्देशकमा छ । 
 
निर्देशकका कारण निर्माताले हैरानी खेप्नु परेको यो पहिलो घटना भने होइन । यसअघि पनि निर्माताले निर्देशकबाट नपाउनुको दुःख पाएका धेरै उदाहरणहरु छन् । महिला निर्मात्री रहेको फिल्ममा पुरुष निर्देशकको हेपाह प्रवृति बढी देखिन्छ । उमा बेबी, कृषा चालागाईलगायतका निर्मात्रीले पनि निर्देशकबाट कहिल्यै नविर्सने दुःख पाएका छन् । 
Most Visited News (monthly)