Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शुभ लभ’ को शिर्ष गीतमा कृष्टिनसँग रोमान्टिक हरिहर

फिल्मीखबर, काठमाण्डौ, 2019/01/23
चर्चित युवा ज्योतिष हरिहर अधिकारीले हिरोको रुपमा डेब्यु गरेको लभस्टोरी फिल्म ‘शुभ लभ’ को टाइटल गीत सार्वजनिक भएको छ । पोखरामा खिचिएको गीतमा हरिहर आफ्नी प्रेमिका (कृष्टिन पौडेल) लाई फकाउँदै देखिएका छन् । गीतमा निशान भट्टराई र मिना सिंहको स्वर छ । 
 
चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । निकै झकिझकाउ देखाइएको गीतमा हरिहर र कृष्टिनको केमेस्ट्री सुहाएको देखिन्छ । यस गीतले फिल्मको हाइप निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा निर्माण टिमको छ । 
 
 
रियल लाइफझैं हरिहर फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा आधारित भएर फिल्म नबनेको उनले बुधबार राजधानीमा आयोजना गरिएको गीत रिलिज कार्यक्रममा बताए । उनी अब दर्शकले आफूलाई हिरोको रुपमा पनि स्वीकार गर्नेमा विश्वस्त छन् । 
 
चैत १५ बाट देशभर प्रदर्शनमा आउन लागेको फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । 
 
हरिहर आफैंले लेखेको कथामा आधारित उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।
 
निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताए । उनले भने, 'फिल्ममा पनि उहाँ ज्योतिषकै भूमिकामा हुनुहुन्छ । उक्त रोल उहाँ बाहेक अरुलाई फिट नै हुँदैन थियो ।' यसमा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)