Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

शोभितको ‘बद्रीबहादुर’ मा पूजा र सलोनको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/01/23
यस वर्षको असारमा प्रदर्शनमा आएको फिल्म ‘बाबु कान्छा’ को असफलतापछि निर्देशक शोभित बस्नेत फेरि नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनले ‘बद्रीबहादुर’ नामक फिल्ममा एक्सन-कट गर्ने भएका छन् । करीब एक करोडको लागतमा निर्माण हुने फिल्मको छायांकन यही माघ ११ गतेबाट सुरु हुँदैछ । 
 
फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले भने विशेष भूमिका निभाउनेछन् । यसअघि यी दुईले कुनै फिल्ममा गेस्ट रोल गरेका थिएनन् । 
 
 
फिल्ममा पूजा र सलोन जोडीको रुपमा देखिनेछन् । निर्देशक बस्नेतले फिल्मीखबरसँग भने, 'पूजा र सलोनको एउटा गीत र केही सिनहरु छ । चरित्र मनपरेपछि उहाँहरु काम गर्न राजी हुनुभएको हो ।' उनले पूजाले विना पारिश्रमिक फिल्ममा काम गर्न तयार भएको पनि बताए । 
 
फिल्मको प्रस्तुतकर्तामा विजय गोपाल दलि छन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । सञ्चारकर्मी रवि अधिकारीको निर्माण रहने फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य,  शंकर महर्जनको द्वन्द निर्देशन रहनेछ । 
 
‘बद्रीबहादुर’ मा विनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहनेछ । लमजुङ, काठमाडौं, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन हुने फिल्म कमेडी कथामा निर्माण हुन लागेको हो । फिल्म तीजको छेकोमा रिलिज हुनेछ । 
Most Visited News (monthly)