Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(22 votes, avg 4.68/5.00)
Text size:-
+
-

प्रदीपजी, नेपाली फिल्मको माया कि आफ्नै स्वार्थ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/01/22
कुनै कलाकारले अभिनय गरेको फिल्मको ट्रेलर वा गीतसंगीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा साझेदार गरेर शुभकामना तथा प्रशंसाको पुल बाँध्न बलिउड कलाकारहरु खुब माहिर मानिन्छन् । यसबाट उनीहरु सन्देश दिन चाहन्छन्, ‘एक कलाकारले अर्को कलाकारलाई सहयोग र सम्मान गर्नुपर्छ ।’ यसले बलिउडप्रति हेर्ने नजर समेत फेरिँदै गएको छ । 
 
 
तर, यो अभ्यास नेपालमा भने खासै भएको पाइँदैन । केही सीमित निर्माता तथा निर्देशकले कुनै मेकर्सको फिल्मको प्रचार सामाग्री सामाजिक सञ्जालमा साझेदार गर्दै ‘बेस्ट अफ लक’ लेखे पनि दर्शकले रुचाएका कलाकारहरु भने यी कुराबाट टाढै देखिन्छन् । बरु, कमजोरी औंल्याउन र सुन्नमा नै समय खर्च गर्ने गर्दछन् । 
 
अहिलेका 'हटकेक' प्रदीप खड्काले भने एउटा राम्रो सुरुवात गरेका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा सोमवार रिलिज भएको फिल्म ‘दि ब्रेकअप’ को ट्रेलर साझेदार गर्दै गजबकै प्रशंसा गरेका छन् । उनले ट्रेलर ‘मिठो’ लागेको बताएका छन् । हुनत, उनलाई फिल्मको ट्रेलर भयंकर लाग्नुको पछाडि एउटा ठूलो कारण छ । 
 
उनी यस फिल्मका निर्देशक हेमराज विसीको नयाँ फिल्ममा लिड रोलमा अनुबन्ध छन् । आफूलाई निर्देशन गर्न लागेको निर्देशकको फिल्मको ट्रेलर फेसबुकमा साझेदार गरेर प्रशंसा गर्नु र टिमलाई शुभकामना दिनुलाई उनको फराकिलो छाती मान्न सकिन्न । उनको छाती चौडा नै थियो भने यसअघि कुनै फिल्मको ट्रेलर वा गीतसंगीतको किन प्रशंसा गरेनन् त ?  
 
जे भए पनि निर्देशक विसी भने यतिबेला गदगद नै होलान्, दर्शकले पत्याएका अभिनेताले फिल्मको ट्रेलरको तारिफ जो गरेका छन् । कलाकार र टिमलाई अग्रिम शुभकामना र निर्देशक विसीलाई सफल निर्देशक भन्दै प्रदीपले लेखेका छन्, ‘मलाई पूरा विश्वास छ यो फिल्म सफल हुनेछ र विदेशी फिल्मले भन्दा दर्शकहरुको माया बढी पाउनेछ ।’ 
 
 
तर, आफूलाई निर्देशन गर्न लागेको निर्देशकको फिल्मको ट्रेलरको मात्र प्रशंसा गर्ने कि अरु फिल्मको पनि ? यो त नेपाली फिल्मप्रति माया कम आफ्नो स्वार्थ बढी देखिएन र, प्रदीपजी ? आउँदो सोमवार उनका प्रतिस्पर्धी अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ को ट्रेलर पनि रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर चाहिँ कति 'मिठो' लागेको बताउलान् कुन्नी उनले ? धेरैलाई चासो रहन सक्छ । 
Most Visited News (monthly)