Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्पण, सुरक्षा र बेनिशाको ‘घर’ फ्लोरमा

फिल्मीखबर, काठमाण्डौ, 2019/01/22
 
भर्सटायल अभिनेता अर्पण थापाले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्म ‘घर’ को छायांकन सुरु भएको छ । हरर कथामा निर्माण हुने फिल्मको काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै छायांकन सुरु गरिएको हो ।
 
अर्पण स्वयंको प्रमुख भूमिका रहने फिल्म उनकै कथामा आधारित भएर बन्न लागेको हो । फिल्ममा अर्पणका साथमा नायिकाद्वय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।
 
शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्रलाई २० दिन लगाएर खिचिनेछ । बुढानिलकण्ठ आसपासमै फिल्म खिचिने निर्मातामध्येका एक दिपेन्द्र के खनालले जानकारी दिए । निरज कँडेलले फिल्मको छायांकन गर्नेछन् ।
Most Visited News (monthly)