Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेमराजको बयानः ‘इगोका कारण अनमोलसँग जुध्न लागेको होइन’

फिल्मीखबर, काठमाडौं, 2019/01/22
बलिउड सुपरस्टार सलमान खानले एक अवार्ड कार्यक्रम 'होस्ट' गर्ने बेला भनेका थिए, ‘हरेक शुक्रवार एक दुश्मनी रिलिज हुन्छ र एक मित्रताको सुरुवात हुन्छ ।’ उनको भनाइको अर्थ थियो हरेक शुक्रवार नयाँ फिल्ममात्र रिलिज हुँदैन एक दुश्मनी पनि रिलिज हुन्छ र साथमा एक नयाँ मित्रता पनि गाँसिन्छ । 
 
यो कुरा बलिउडमा मात्र लागू हुँदैन । नेपाली फिल्ममा समेत यो कुरा सान्दर्भिक लाग्छ । यहाँ हरेक हप्ता एक नयाँ फिल्मसँगै एक दुश्मनी रिलिज भइरहेको हुन्छ । र, साथमा नयाँ मित्रता पनि कायम भएको हुन्छ । आउँदो फागुन १७ गते भने एक दुश्मनी रिलिज हुँदैछ । दुश्मनी यसअर्थमा कि दर्शकले प्रतिक्षा गरेका दुई फिल्म 'क्याप्टेन' र 'दि ब्रेकअप' एकअर्कासँग भिड्दैछ । 
 
किन भिड्दै छन् त ? हरेक साता एकभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् । फागुन १७ मा पनि दुई फिल्म भिड्नु कुन ठूलो कुरा भयो ? यो प्रश्न हरेकको मनमा उब्जिन सक्छ । यो डेटमा निर्देशक हेमराज विसीले अनमोल केसीले लगातार आफ्नो फिल्म 'रिजेक्ट' गरेपछि प्रतिसोध साध्न 'दि ब्रेकअप' रिलिज गर्न लागेको चर्चा छ ।
 
यसअघि यो फिल्म पुष २७ मा रिलिज हुने तय भएको थियो । तर, अन्तिम समयमा भिएफएक्सको काम नसकिएको भन्दै हेमराजले फागुन १७ रोजे । हुनत, 'दि ब्रेकअप' भन्दा अगाडि 'जात्रै जात्रा' सो मितिमा आउने तय भएको थियो तर अभिनेता विपिन कार्कीको दुर्घटनामा खुट्टा भाँचिएपछि रिलिज पोस्टपोन्ड भयो । 
 
 
'जात्रै जात्रा' ले रिलिज डेट पोस्टपोन्ड गरेकै दिन 'दि ब्रेकअप' ले 'क्याप्टेन' सँग भिड्ने निर्णय गरेको थियो । अनमोलको फिल्म रिलिज हुने मितिमा कुनै फिल्म आउँदैछ भने त्यसको ठूलै चर्चा हुने गर्छ । यसकारण पनि हेमराजले यो निर्णय लिएको बुझिन्छ । जे भए पनि अब दुई फिल्म फागुन १७ मा भिड्ने निश्चित भएको छ । 
 
अनमोलले रिजेक्ट गरेपछि 'दि ब्रेकअप' मा आशिरमान देशराज जोशीलाई लिएका थिए हेमराजले । सोमवार फिल्मको ट्रेलर सार्वजनिक भयो । ट्रेलर रिलिज गर्न राजधानीमा एक कार्यक्रमको आयोजना गरिएको थियो, जहाँ पत्रकारको अनेकन प्रश्नसँग घम्साघम्सी गर्नुपर्‍यो हेमराजलाई । उनलाई बढी त अनमोलसँग जोडेरै प्रश्न तेर्सिरहे । 
 
अनमोलले आफ्नो फिल्म नगरेको रिसमा फिल्म जुधाउन लाग्नुभएको हो ? पत्रकारको पहिलो प्रश्न थियो उनीमाथि । उनले मुस्कुराउँदै भने, 'फागुन/चैत भनेको धेरै फिल्म रिलिज हुने महिना हो । अनि, सबै फिल्ममेकर्सले राम्रो डेटमा फिल्म रिलिज गर्न चाहन्छन् र हामीले राम्रो डेट फागुन १७ भेट्यौं । यो मितिमा राम्रो विदा परेको छ र विदामा दुई फिल्म नेपाली बजारले धान्छ ।'
 
उनले अनमोलसँग सम्बन्ध विग्रिएका कारण फिल्म जुधाएर प्रतिसोध साध्न लागेको कुराको पनि खण्डन गरे । ‘मलाई इगोमा आएर फिल्म जुधाउनु पर्ने कुनै कारण छैन । अनमोलसँग मेरो पहिला जस्तो सुमधुर सम्बन्ध थियो अहिले पनि त्यस्तै छ । हाम्रो सम्बन्ध मिडियामा आएर भनिराख्नु पर्छ जस्तो मलाई लाग्दैन’, उनले भने । 
 
यो फिल्म पुष २७ बाट सरेपछि वितरक मनोज राठीले नेपाल चलचित्र संघमा उजुरी दिएका थिए । किनकि, यो फिल्म सुरुमा उनले वितरण गर्ने निर्मातासँग सम्झौता भएको थियो । र, प्रचारका लागि १० लाख समेत दिएका थिए । तर, जानकारी विनै आफैंले वितरण गर्न लागेको फिल्म 'क्याप्टेन' सँग जुध्न आएपनि उनले उजुरी दिएर क्षतीपूर्ती मागेका थिए । 
 
खबरअनुसार, विसीले राठीलाई १० लाखमा ३ लाख थपेर फिर्ता गरेका छन् । फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, 'उजुरी भन्दा पनि त्यो एउटा साधारण निवेदन थियो । हामीबीच छलफल भइसकेको छ र कुरा पनि मिलिसकेको छ । यो ठूलो कुरा थिएन ।' उनले पैसा थपेको विषयमा भने बोल्न चाहेनन् । 
Most Visited News (monthly)