‘रियल कपल’ आयुष्मान देशराज जोशी र प्रियंका कार्की स्टारर फिल्म ‘प्रेम दिवस’ को पहिलो गीत युट्युबमा रिलिज भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीत ‘तिम्रो छेउ सरुँकी म’ मा अञ्जु पन्तको स्वर छ । यसमा महाराज थापाको शब्द तथा संगीत छ ।
.jpg)
गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले अभिनेत्री प्रियंकालाई एक्लै नचाएका छन् । जोडीको रुपमा कोही फिचर्ड छैनन् । गीतको अन्तिम एक सिनमा आयुष्मानलाई गाडीमा मुस्कुराउँदै देख्न सकिन्छ । भिडियोमा इलाम सन्दकपुरका लोभलाग्दा दृश्य कैद गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा प्रियंकाले आफूलाई सबैभन्दा मनपर्ने गीतमा ‘तिम्रो छेउ...’ रहेको बताइन् । उनले भनिन्, ‘मैले गरेर मनपरेको भनेको होइन, अरुले गरेको भए पनि मलाई मनपर्थ्यो । मैले अचेल प्रायः गुनगुनाउने गीतमा पर्छ यो ।’ उनले गीत खिच्ने बेलाको दुःख पनि सम्झिइन् ।
(2).jpg)
आयुष्मान पनि आफूलाई उक्त गीत निकै मन परेको बताउँछन् । यो फिल्मलाई ‘राधा’ फेम्ड निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । यसअघि बैशाख १३ मा रिलिज हुने बताइएको यस फिल्मको रिलिज निर्माण टिमले फेरबदल गरेको छ । अब जेठ ३ गतेबाट फिल्म प्रदर्शनमा आउने छ ।
हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मबाट विशाल खरेलले डेब्यु गरेका छन् । फिल्म एक युवतीसँग दुई युवकको प्रेममा आधारित छ । निर्देशक घिमिरे फिल्मलाई म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् ।
.jpg)
रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । रमेश चौधरी र उत्सव ढकाल सह-निर्माता रहेको फिल्मलाई कलाकार समेत रहेका सञ्जय न्यौपानेले निर्माण गरेका हुन् ।
गीत हेर्नुहोस् :-

