Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रवि र निकिताले गरे कानुनी विवाह

फिल्मीखबर, काठमाडौं, 2019/01/21
'सिधा कुरा जनतासँग' कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा विवाह गरेका छन् । सोमवार उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका हुन् । यो कुराको जानकारी रविले आफ्नो फेसबुकमार्फत् दिएका छन् । 
 
 
केही दिन अगाडि रविकी पूर्वपत्नी इशा लामिछानेले रविको निकितासँग इन्गेजमेन्ट भइसकेको र चाँडै विवाह गर्ने तयारीमा रहेको खुलासा गरेकी थिइन् । तर, यो कुरा रवि र निकिताले नकार्दै आएका थिए । उनीहरुले साथीको सम्बन्ध मात्र रहेको बताएका थिए । अन्ततः उनीहरु सधैंका लागि एकअर्काको भएका छन् ।
 
निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । पहिलो बैबाहिक सम्बन्ध टुंग्याएर उनी वर्षौदेखि एक्लै बस्दै आइरहेकी थिइन् । रवि र निकिता मित्रपार्कको 'अम्बे अपार्टमेन्ट' मा तलमाथिको फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । सो अपार्टमेन्टमा रेखा थापा पनि बस्छिन् । 
 
रविले फेसबुकमा लामो स्टाटस लेख्द्रै विवाहको निर्णय यति छिटो गर्ने योजना नभए पनि आफूहरुप्रति मानसिक यातना हुने गरि आएका समाचार र खोजविनले एकअर्काको खाँचो महशुस गरेर बैबाहिक जीवनमा बाँधिने निर्णयमा पुगेको बताएका छन् । दुईले परम्परागत रुपमा बैशाखमा विवाह गर्दैछन् । 
 
 
रविनले अगाडि लेखेका छन्, 'यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौं भने हामीलाई माफ गर्नुहोला । हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौं । हामी सबैबाट सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं ।' 
Most Visited News (monthly)