.jpg)
लभस्टोरी फिल्म बनाउन सिपालु मानिने 'गाजलु' फेम्ड निर्देशक हेमराज विसी निर्देशित नयाँ फिल्म ‘दि ब्रेकअप’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी राखेर निर्माण टिमले कलरफुल ट्रेलर सार्वजनिक गर्यो ।
ट्रेलरमा फिल्मका लिड कलाकार द्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । अध्ययनका लागि अष्ट्रेलिया पुगेका यी दुई कसरी एकअर्कासँग नजिक हुन्छन् र के कारणले टाढिन्छन् भन्ने फिल्मको मुल कथा रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।
(1).jpg)
ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिएको छ । प्रेम जीवनमा आउने उचारचढावको कथामा फिल्म आधारित रहेको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक विसीले बताए । ट्रेलरमा आशिर र शिल्पाबीचको ‘लिपलक’ सिन पनि पर्याप्य समावेश गरिएको छ । फिल्म फागुन १७ मा आउँदैछ ।
फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा भएको हो । आशिरमानले यसअघि 'ग्याङस्टार ब्लूज' मा हेमराजसँग काम गरेका थिए । तर, फिल्मले बक्सअफिसमा कमाल गरेन । उनी दोस्रो सहकायले भने निराश नबनाउनेमा विश्वस्त देखिन्छन् ।
.jpg)
‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । निर्देशक बिसीकै कथा रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-
फिल्ममा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा शैलेन्द्र श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । फिल्मका गीतमा प्रकाश मल्लको शब्द छ भने विशेष पाण्डे र विराज गौतमले स्वर भरेका छन् ।

