Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वरिष्ठ कलाकार गणेश मुनालको निधन

फिल्मीखबर, काठमाण्डौ, 2019/01/21
 
वरिष्ठ कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका उनको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । निधन हुनुको कारण भने खुलेको छैन । 
 
अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ । काठमाडौं माहांकालका स्थायी बासिन्दा मुनालको केही बेरमा नै अन्तिम संस्कार गरिने कलाकार निर्मल शर्माले जानकारी दिएका छन् ।
 
'लभ लभ लभ', 'एक पल', 'सेतो बाघ', 'शिरीषको फूल', 'दिदी भाई', 'मिस्टर डन' लगायतका फिल्ममा अभिनय गरेका उनी अभिनीत नयाँ फिल्म 'गोपी' यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।
 
उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।  उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् । सशक्त अभिनय र वजनदार आवाजबाट उनले निकै ख्याती कमाएका थिए ।
Most Visited News (monthly)