Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केक काटेर फ्यानले दिए वर्षालाई दुलही हुने शुभकामना

फिल्मीखबर, काठमाण्डौ, 2019/01/21
छोटो समयमै अभिनेत्री वर्षा राउतले निकै राम्रो क्रेज बनाएकी छन् । 'नाईँ नभन्नू ल ४' बाट नेपाली रजटपटमा भित्रिएकी उनी अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीमध्येकी एक हुन् । बढीजसो हुलमुलका फिल्म गरेर आफूलाई सफल अभिनेत्रीको रुपमा स्थापित गरेकी वर्षा अभिनीत नयाँ फिल्म ‘गोपी’ यही माघ १८ मा रिलिज हुँदैछ । 
 
 
यो फिल्म रिलिजको दुई सातापछि उनी जीवनको नयाँ अध्याय सुरु गर्दैछिन् । उनी ५ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दैछिन् । प्रेमी संजोग कोइरालासँग फागुन २ मा भ्यालेन्टाइनको दिन उनी विवाह गर्दैछिन् । विवाहको डेट नजिकिँदै गर्दा उनी भने ‘गोपी’  को प्रचारका लागि दौडिरहेकी छन् । 
 
 
आइतबार फिल्मको प्रचारको शिलशिलामा बुटबल पुगेकी वर्षाले आफ्ना 'डाइहार्ट फ्यान' बाट दुलही हुने शुभकामना पाएकी छन् । फ्यानले केक काटेर शुभकामना दिँदै 'ब्राइड टु बि' को गाउन समेत लगाइदिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।
 
 
‘वर्षा दिदी नयाँ जीवन सुरु गर्न गइरहनु भएको छ । त्यसैले हामीले 'ब्राइड टु बि' गर्ने प्रस्ताव राखेका थियौं जुन उहाँले सहर्ष स्वीकार्नु भयो । उहाँलाई धेरै धेरै शुभकामना,’ शर्माले भनिन् । विवाहको खबर सार्वजनिक भएसँगै देशभरका फ्यानले 'ब्राइड टु बि' गरौं है भनेर भनेको प्रस्तावलाई आफूले स्वीकारेको वर्षाले बताइन् । 
 
 
फिल्मको ‘गोपी’ को प्रचार गर्ने क्रममा वर्षाले फिल्मको पटकथा तथा चरित्र मन परेका कारण अभिनय गरेको फिल्म दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् । उनले विवाहपछि पनि अभिनयलाई निरन्तरता दिने पनि बताइन् । ‘मलाई मन लागुञ्जेल अभिनयमा सक्रिय रहनेछु,’ वर्षाले भनिन् । 
Most Visited News (monthly)