
साल २०१८ अभिनेता विक्की कौशलका लागि सानदार रह्यो । चाहे लिड रोल होस् वा सपोर्टिङ रोल, उनको अभिनयको प्रशंसा सबैले गरे । अहिले उनी अभिनीत फिल्म ‘उरी’ ले बक्सअफिसमा जबरजस्त कमाइ गरिरहेको छ । फिल्मले हिट लिस्टमा आफ्नो नाम लेखाइसकेको छ ।
उनको नयाँ फिल्म 'तख्त' हो । यो एक मल्टिस्टारर फिल्म हो, जसमा उनको अपोजिटमा अभिनेत्री भूमि पेडनेकर हुनेछिन् । खबरअनुसार, यो फिल्मभन्दा पहिला विक्की र भूमिको एक अर्को फिल्म रिलिज हुने भएको छ, जुन एक हरर फिल्म हुनेछ ।
‘उरी’ रिलिज लगत्तै विक्कीले यो फिल्मको छायांकन सुरु गरिसकेका छन् । मुम्बई मिररका अनुसार, फिल्मको टाइटल अहिले राखिएको छैन तर यो एक हाई कन्सेप्ट हरर फिल्म हो । यसको कहानी एक शिपको वरिपरि घुम्नेछ । करण जोहरले फिल्म निर्माण गर्नेछन् ।
फिल्ममा विक्की र भूमि लिड रोल प्ले गर्दै देखिनेछन् । यो विक्कीको करियरको पहिलो हरर फिल्म हुनेछ । 'धडक' फेम्ड निर्देशक शशांक खेतान यसका निर्देशक हुन् । यो फिल्मपछि विक्कीले रणवीर सिंह, आलिया भट्ट, करीना कपूरको अभिनय रहने फिल्म 'तख्त' गर्नेछन् ।

