Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकी र कोशिशको ‘रातो गलबन्दी’ घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/01/20
 
अभिनेत्री केकी अधिकारी र अभिनेता तथा संगीतकार कोशिश क्षेत्रीले पहिलो पटक स्क्रिन साझेदार गर्ने भएका छन् । शनिबार उर्लाबारीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्म ‘रातो गलबन्दी’ मा यी दुईको जोडी बाँधिएको छ । फिल्मलाई मनिष थापाले निर्देशन गर्दैछन् । 
 
९० लाखको लागतमा निर्माण हुन लागेको फिल्म प्रेमकथामा आधारित हुने बताइएको छ । शनिबारबाट सुरु भएको फिल्मको छायांकन पूर्वका विभिन्न रमणीय स्थानहरुमा हुनेछ । नवराज लम्साल, हिमाल कडेरीया र दुर्गा बस्नेत फिल्मको निर्मातामा छन् । 
 
केकी र कोशिशका अलावा फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ, ‘चुप्पी डन’ को नामले परिचित यज्ञबहादुर कटुवाल लगायतले अभिनय रहनेछ । हिमाल कडरियाको कथामा बन्न लागेको उक्त फिल्मलाई सुमन योन्जनले खिच्नेछन् । 
 
किरण माइकलको पटकथा रहेको फिल्मको घोषणा सभामा लिड कलाकार भने उपस्थित थिएनन् । निर्देशक थापाले फिल्ममा गाउँ-शहरको परिवेश उत्कृष्ट शैलीमा बुनिने बताए । उनले भने, 'एउटा स्तरिय फिल्म बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।' 
Most Visited News (monthly)