Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रणवीर’ गीतमा पीडा पोख्दै शुशील (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/01/19
 
माघ १८ गतेबाट दर्शक भेट्न तयार रहेको एक्सन-लभस्टोरी फिल्म ‘रणवीर’ को स्याड सङ इन्टरनेट रिलिज भएको छ । हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको गीतमा फिल्मकी लिड अभिनेत्री सुपुष्पा भट्टप्रति अभिनेता शुशील सिटौलाको एकोहोरो पागल प्रेम देखाइएको छ । 
 
‘मान्न चाहन्नँ...’ गीतमा गायक हर्कुलस स्वयंको शब्द तथा संगीत छ । यो फिल्ममा शुशील र सुपुष्पाका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, वि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । 
 
फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।  
 
फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो फिल्मको ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीत अहिले निकै चर्चामा छ । साथै, सार्वजनिक ‘एक्सन प्याक्ड’ ट्रेलरले यस फिल्मप्रति दर्शकमा निकै कौतुहलता जगाएको छ । 
 

गीत हेर्नुहोस् :-

Most Visited News (monthly)