Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘दबंग ३’ मा साउथ स्टार सुदीप भिलेन

एजेन्सी, मुम्बई, 2019/01/19
 
कुनै पनि एक्सन मसला फिल्म हेर्दा तबसम्म मज्जा आउँदैन जबसम्म भिलेन दमदार हुँदैन । यसकारण बलिउडका दबंग सलमान खान पनि यो मामलामा रिस्क लिन चाहँदैनन् । यसैले त उनी आफ्ना दर्शकलाई 'फुलअन इन्टरटेनमेन्ट' दिन कुनै कसर बाँकी राख्दैनन् । 
 
अब 'दबंग ३' मा चुलबुल पाण्डेको सामना पनि एक जोडदार भिलेनसँग हुने भएको छ । सलमानले जति नै सुपरहिट फिल्म दिए पनि उनका यस्ता फ्यान धेरै छन्, जो मात्र चुलबुल पाण्डे उर्फ 'दबंग' को दिवाना छन् । अहिले लामो समयदेखि उनी यसको तेस्रो सिक्वेलमा जुटेका छन् ।
 
यसबीच साउथका सुपरस्टारलाई दबंग ३ मा भिलेनको भूीमकामा देख्न पाइने भएको छ । फिल्ममा किच्चा सुदीपलाई अनुबन्ध गरिएको छ । सुदीप र सलमान निकै लामो समयदेखि एकअर्कासँग काम गर्न चाहन्थे । अब 'दबंग ३' मा दुबै दमदार एक्सन पेश गर्न जाँदैछन् । 
 
हालै सलमानले सुदीपको फिल्म 'पहलवान' को टिजर सोसल मिडियोमा साझेदार गरेका थिए । सुदीपको कन्नड फिल्ममा ठूलो नाम छ । उनले 'मक्खी' (इगा) र 'फूंक' जस्ता सुपरहिट फिल्ममा काम गरेका छन् । उनी पहिलो पटक सलमानसँग काम गर्न निकै उत्साहित देखिएका छन् । 
Most Visited News (monthly)