Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फेरि साउथ फिल्ममा भिलेन बन्दै अक्षय

एजेन्सी, मुम्बई, 2019/01/18
बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म '२.०' बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतार सँग-सँगै अक्षय कुमारको डरलाग्दो भिलेनको रोललाई पनि दर्शकको जबरजस्त प्रेम मिल्यो । 
 
अक्षयको पपुलारिटी देख्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो फिल्ममा साइन गर्न तँछाड-मछाड गर्न थालेका छन् । यसबीच कमल हासनको नयाँ फिल्म 'इन्डियन २' मा उनी फेरि एकपटक भिलेनको भूमिका गर्न राजी भएको खबर बाहिरिएको छ । 
 
 
अभिनेता कमल हासनका प्रायः सबै फिल्म सुपरहिट हुन्छन् । तर, उनका लागि माइलस्टोन साबित भएको फिल्म थियो 'इन्डियन' । यसमा उनले एक बृद्ध भारतीयको खतरनाक भूमिका निभाएकामा थिए । यो साल १९९६ मा आएको फिल्म हो । 
 
२५ वर्षपछि यो फिल्मको सिक्वेल 'इन्डियन २' एकपटक फेरि बक्सअफिसमा धमका मच्चाउन तयार छ । सिक्वेलमा पनि उनी एग्रेसिभ ओल्ड इन्डियनको भूमिकामा देखिनेछन् । फिल्म निर्माता तथा निर्देशक एस. शंकरले हालै फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । 
 
फिल्ममा अभिनेता-राजनीतिज्ञ कमल हासन प्रमुख भूमिकामा छन् । शुक्रवारबाट फिल्मको छायांकन सुरु भएको छ । वर्ष १९९६ को साउथ फिल्म 'इन्डियन' मा काजल अग्रवाल र सिद्धार्थको पनि महत्वपूर्ण भूमिका थियो । यसमा कमलले पिता र छोराको दोहोरो भूमिका निभाएका थिए ।
Most Visited News (monthly)