Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘निफ’ मा ५९ स्वदेशी र विदेशी फिल्म प्रदर्शन हुँदै

फिल्मीखबर, काठमाण्डौ, 2019/01/18
 
गत वर्ष पोखरा आयोजना भएको पहिलो फेस्टिभलको सफलतापछि ‘दोस्रो नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल’ (निफ) काठमाडौंमा हुने भएको छ । बिहीवार पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै फेस्टिभलको बारेमा जानकारी गराइएको छ । फेस्टिभल फागुन ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।
 
सो फेस्टिभलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने फेस्टिभलका संयोजक केपी पाठकले बताए । उनका अनुसार, फेस्टिभलको जुरी कमिटीमा स्वदेशीसँगै विदेशी फिल्मकर्मी पनि छन् ।  यसपटक विभिन्न ३१ राष्ट्रका ५९ वटा फिल्महरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेका छन् । 
 
५९ फिल्ममध्ये नेपालका १६ फिल्महरु समावेश छन् । महोत्सवमा समावेश विदेशी फिल्महरुमध्ये ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्महरु छन् । यस्तै, नेपाली फिल्महरुमा ६ वटा फिचर र १० वटा शर्ट फिल्म रहेका छन् । नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई वटा शर्ट फिल्महरुपनि महोत्सवमा समावेश गरिएको छ । 
 
सोही महोत्सवमा नयाँ फिल्ममेकर्सहरुका लागि अवसर प्रदान गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक कथा वाचन कार्यक्रमको आयोजना गर्न लागेको कुराको घोषणा गरिएको छ । पत्रकार सम्मेलनमा उपस्थित वरिष्ठ फिल्मकमी नीर शाहले फिल्म महोत्सवले कलालाई निखार्ने काम गर्ने बताए । 
Most Visited News (monthly)