Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचा शर्मालाई हार्ट अट्याक, नर्भिकको आइसियूमा भर्ना

फिल्मीखबर, काठमाण्डौ, 2019/01/17
 
भर्सटायल अभिनेत्रीको रुपमा स्थापित ऋचा शर्मालाई हृदयघात (हार्ट अट्याक) भएको छ । अहिले उनको नर्भिक अस्पतालको आइसियूमा भर्ना गरेर उपचार भइरहेको छ । बुधबार अचानक छाती दुखेपछि उनी उपचारका लागि अस्पताल पुगेकी थिइन् । 
 
अहिले अभिनेत्री शर्माको उपचार भइरहेको र स्वास्थ्यमा क्रमशः सुधार देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनलाई 'एन्जियोप्लास्ट' गरिसकिएको छ । शुक्रबार साँझसम्म उनलाई आइसियूबाट प्राइभेट वार्डमा सारिने बताइएको छ । 
 
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको छ । अभिनयसँग-सँगै पछिल्लो समय फिल्म निर्माणमा पनि सक्रिय उनी अभिनीत तथा निर्मित फिल्म 'सुनकेसरी' यस वर्ष प्रदर्शनमा आएको थियो । 
Most Visited News (monthly)