Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमलीला’ ट्रेलर: भारतीय युवकसँग दीपशिखाको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2019/01/17
माघ २५ गतेबाट पोस्टपोन्ड भएर फागुन १० मा रिलिज हुने तय भएको फिल्म ‘प्रेमलीला’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ट्रेलर सार्वजनिक गर्‍यो । फिल्मले नेपाली युवती र एक भारतीय युवकको प्रेम वाचन गर्ने ट्रेलरले बोल्छ ।
 
 
ट्रेलरमा प्रेम, रोमान्स, द्वन्द्व, बदला सबै कुरा मिश्रित छ । फिल्मको चरित्रलाई न्याय गर्न अभिनेत्री दीपशिखा खड्काले रियलमै कपाल समेत मुण्डन गरेकी छिन् । त्यो पनि एक पटक नभएर पाँच पटक । ट्रेलर रिलिज कार्यक्रममा उनले कथाको माग अनुसार नै कपाल मुण्डन गरेको बताइन् । 
 
फिल्ममा भारतीय यूवकको भूमिका भारतीय मुलका कलाकारले नै निर्वाहा गरेका छन् । भारतीय मोडल अली खान, दीपशिखाको प्रेमीको भूमिकामा छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ । फिल्मको आधा निर्देशन जनक पाण्डेले गरेका हुन् भने बाँकी दीपशिखाले गरेकी हुन् । फिल्ममा निर्देशकको नाम भने छैन । 
 
 
पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा नानीमैयाँ कार्की निर्माता रहेको फिल्मको कथा अभिनेत्री दीपशिखा स्वयमले लेखेकी हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)