Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेन्डरको आधारमा पारिश्रमिक निर्धारण गर्नु गलत : दीपिका

एजेन्सी, मुम्बई, 2019/01/17
 
दीपिका पादुकोणको नाम बलिउडकी 'हाईएस्ट पेड एक्ट्रेसेस' को लिस्टमा अग्रणी स्थानमा आउँछ । फिल्म 'पद्मावत' मा उनले लिड एक्टर्स शाहिद कपूर र रणवीर सिंहभन्दा बढी पारिश्रमिक बुझेकी थिइन् । बुधवार एक इभेन्टमा उनले मेल-फिमेलबीचको असमानतामाथि चर्चा गरिन् । 
 
उनले को-एक्टरभन्दा कम पारिश्रमिक मिलेका कारण एक फिल्म छाडेको समेत खुलासा गरिन् । दीपिकाले आफूलाई आफ्नो ट्रयाक र आफू कुन चिजको लायक रहेको भन्ने थाहा भएको पनि बताइन् । बलिउडमा वर्षौदेखि मेल र फिमेल एक्टर्सको पारिश्रमिकमा ठूलो अन्तर छ । 
 
कयौं फिमेल एक्ट्रेसेसले यसको विरुद्धमा आवाज उठाइसकेका छन् । दीपिकालाई लाग्छ पारिश्रमिकको निर्धारण जेन्डरको आधारमा हुनु हुँदैन । उनले भनिन्, 'जुन गर्न आवश्यक छ म त्यही गर्छु । आवश्यक परेको खण्डमा मैले फिल्मको अफर समेत लत्याएको छु किनकि म रातमा शान्तिपूर्वक तरिकाले सुत्न चाहन्छु ।' 
 
'म कुनै फिल्ममा काम गर्दैछु भने को-एक्टर जस्तै मैले पनि त्यति नै योगदान र भ्यालू दिएको हुन्छु । अनि किन म 'अन्डरपेड' बसुँ ?', उनले भनिन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने दीपिका विवाहपछि मेघना गुलजारको फिल्म 'छपाक' बाट पर्दामा फर्किदैछिन् । यो एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छ । 
Most Visited News (monthly)