.jpg)
मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) ले फेरि फिल्म निर्माण गर्ने भएका छन् । यसअघि उनले आफ्नो छोरा सिद्धार्थ गुरुङको डेब्यु फिल्म ‘वान वे’ मा लगानी गरेका थिए । लामो समयपछि उनी फिल्म निर्माणमा फर्किएका हुन् ।
दीपक गुन्डा नाइकेको रुपमा चिनिन्छन् । उनी निर्माता रहने फिल्मलाई शिशिर राणाले निर्देशन गर्नेछन् । बुधबार दीपक र राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको छ । चैत अन्तिम साताबाट छायांकन सुरु हुने फिल्ममा केही दिनमा कलाकार छनोट गरिने निर्देशक राणाले बताए ।
फिल्मले विवाहपछिको एक दाम्पत्तिको प्रेमकथा भन्नेछ । रेड बर्ड प्रोडक्सनको तल बन्ने फिल्मको प्रस्तुतकर्तामा श्यामबहादुर थापा रहनेछन् भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली छन् । निर्देशक राणाले यो फिल्मलाई ‘सोसल ड्रामा’ भनेका छन् ।
विवाहपछिको प्रेममा आधारित हुने भएकाले फिल्ममा पाका कलाकार रहनेछन् । फिल्मको एक गीत रेकर्ड भइसकेको छ भने अहिले स्क्रिप्टमा काम भइरहेको छ । निर्देशक शिशिर निर्देशित फिल्म ‘तिमीसँग’ गत वर्ष प्रदर्शनमा आएको थियो । चलेका कलाकार हुँदा पनि फिल्म बक्सअफिसमा चलेको थिएन ।

