Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सवा करोडको ‘रे’ मा सुनिल, सुजता र दिवस

फिल्मीखबर, काठमाण्डौ, 2019/01/16
अचेल फिल्ममेकर्सले नेपाली फिल्मको नाम अजिब जुराउन थालेका छन् । मानिसको मुखमा सजिलै झुण्डिने टाइटलको अहिले खडेरी लागेको देखिन्छ । यस्तै, एक अनौठो नाममा एक फिल्म बनिरहेको छ । फिल्मको नाम हो- ‘रे’ । हाल यो फिल्मको छायांकन भइरहेको छ । 
 
 
केही दिनदेखि नेपाली फिल्म अत्याधिक छायांकन हुने रमणीय स्थल चोभारमा फिल्मको एक एक्सन सिनको छायांकन भइरहेको निर्देशक दिनेश पौडेलले जानकारी दिए । छायांकन भइरहेको एक्सन सिनमा निर्माण टिमले महँगो खर्चमा हेलिकप्टर समेत उडाएको छ । 
 
यस फिल्ममा सुनिल थापा, दिवस धिताल, सुजता थापा, क्रान्ति बराइली लिड रोलमा छन् । अबको केही दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिने निर्माता राजेन्द्र त्रिपाठीले बताए । सवा करोडमा फिल्मको निर्माण सम्पन्न हुने उनको आँकलन छ । आउँदो तीजमा फिल्म रिलिज हुनेछ । 
 
यस फिल्ममा दोय कुमार श्रेष्ठ र शंकर महर्जनको द्वन्द्व निर्देशन छ । सगुन फिल्म्सको तल यो फिल्म बनेको हो । अभि जोशी, रक्षा गुरागाइँ, पुर्णिमा लामालगायतका कलाकारहरुको पनि अभिनय रहेको यस फिल्ममा अतिथि भूमिकामा किशोर खतिवडा छन् ।
 
 
काठमाडौँ उपत्यकाभित्र हुने प्रख्यात ३ जात्राहरु ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि फिल्मको कथा घुम्ने निर्देशक पौडेलले जानकारी दिए । एक्सन, लभ, रोमान्स, कमेडी सबै खुराक फिल्ममा रहेको उनी बताउँछन् । 
Most Visited News (monthly)