Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सानो मन’ मा बाँधियो आयुष्मान र शिल्पाको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2019/01/15
 
हङकङ निवासी सुयोग गुरुङको डेब्यु निर्देशनमा फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ । मंगलवार माघे संक्रान्तिको अवसरमा राजधानीमा एक कार्यक्रम बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ । 
 
 
‘सानो मन’ मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले 'सानो मन' फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन् । 
 
 
फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको फिल्मको घोषणा सभामा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ, मिठो छ, छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । 
 
 
काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । फिल्म ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । 
 
 
समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । आलोक शुक्लाले खिच्ने फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका 'पर्सनल ट्रेनर' हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ । 
 
 
निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् । उनी भन्छन्, 'करीब २ वर्ष अगाडिको प्रोजेक्ट हो यो । तर, कहिले काहिँ आफैंलाई केही कुरामा चित्त नबुझ्दो रहेछ । यसैले केही समय लाग्यो ।' उनी फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताए । फिल्मको घोषणा सभामा अभिनेत्री गौरी मल्लको जन्मदिन समेत सेलिब्रेट गरिएको थियो ।
Most Visited News (monthly)