Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

टेम्पो ड्राइभर बनेकी स्वस्तिमाको ‘बुलबुल’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2019/01/15
अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले स्वस्तिमाको चरित्रमार्फत् फिल्मको कथा भन्ने प्रयास गरेको छ ।
 
यसमा स्वस्तिमा एक टेम्पो ड्राइभरको भूमिकामा छिन् । ट्रेलरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । फिल्मले एक महिला टेम्पो ड्राइभरको नदेखिएको जीवनको भित्री पाटोलाई देखाउन खोजेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । 
 
 
नव-अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि ट्रेलरमा पर्याप्त स्थान पाएका छन् । निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताए । ट्रेलरमार्फत् आफूले फिल्मको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ । 
 
अविरल थापा निर्मित फिल्ममा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारहरुको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । 
 
रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ । फिल्मले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेको थियो । फिल्मको 'खुद्रा खाद्री माया' बोलको गीत अहिले चर्चामा छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)