Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुशील र सुपुष्पाको स्पष्टिकरणः ‘हामी साथी मात्र, प्रेम छैन’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/15
फिल्म रिलिजको संघारमा रहँदा अभिनेता र अभिनेत्रीको प्रेम चर्चा चल्नु अनौठो कुरा होइन । यसले एक कोणबाट फिल्मको हाइप निर्माणमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने हुँदा कतिपय जानीजानी पनि यी कुराहरु मिडियामा ल्याउने गर्दछन् । केही दिनयता फेरि एक फिल्मी जोडीको प्रेम चर्चाले सिनेवृत तातेको छ । 
 
माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ का लिड अभिनेता शुशील सिटौला र नव-अभिनेत्री सुपुष्पा भट्ट फिल्मको छायांकनको बेलादेखि एकअर्कालाई डेट गरिरहेको चर्चा छ । यी दुईको प्रेमको खबर अहिले मिडियाका लागि मसला बनिरहेको छ । तर, उनीहरु रिलमा प्रेम-प्रेमिका भए पनि रियलमा नभएको बताउँछन् ।
 
 
मंगलवार 'स्टेशन फाइभ' को आँगनमा पत्रकारसँग गफिँदै शुशील र सुपुष्पाले प्रेममा रहेको चर्चाको खण्डन गरे । सुपुष्पा भन्छिन्, ‘हामी मिल्ने साथी अवश्य हौं । प्रेम भने छैन । कसरी यस्तो हल्ला फैलियो म आफैं अचम्मित छु ।’ फिल्म ‘रणवीर’ मा उनी ज्वाइन हुनुको पछाडि शुशीलको हात रहेको पनि बताइन्छ । तर, यो कुरा पनि मान्न तयार छैनन् उनी । 
 
उनी भन्छिन्, 'मलाई फिल्ममा आउने ठूलो इच्छा थियो तर मैले चिनेको यो क्षेत्रमा कोही थिएन । तर, प्रशान्त दाई (प्रशान्त ताम्राकार) सँग फेसबुकमा बोलचाल भइरहन्थ्यो । उहाँले ‘रणवीर’ का लागि हिरोइनको खोजी भइरहेको छ भन्नुभएपछि मैले अडिसन दिएँ र सेलेक्ट पनि भएँ । शुशीलसँग त सेटमा मात्र भेट भएको थियो ।' 
 
शुशील पनि सुपुष्पालाई ‘रणवीर’ ल्याउन आफ्नो कुनै हात नभएको बताउँछ । उनी सुपुष्पाको भनाइमा सहमती जनाउँदै भन्छन्, 'उसलाई त मैले पहिलो पटक फिल्मको सेटमा भेटेको थिएँ । पहिला हाम्रो चिनजान समेत थिएन ।' उनले पनि सुपुष्पासँग प्रेममा रहेको खबरमा कुनै सत्यता नभएको बताए । 
Most Visited News (monthly)