Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्मला पन्तको हत्या प्रकरणमा बन्यो ‘कोपिला’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/15
कञ्चनपुरकी १३ बर्षीय स्कूले बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना बढी भइसकेको छ । तर, प्रहरी प्रशासनले अझैसम्म दोषी पत्ता लगाउन सकेको छैन । पन्तको हत्यारालाई कारवाहीको माग दिनहुँ हजारौं सर्वसाधारण सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । 
 
यसबीच, यस वास्तविक घटनामा आधारित भएर नेपाली फिल्म ‘कोपिला’ निर्माण भएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पञ्चायत’ निर्देशन गरेका शिवम अधिकारीले यो फिल्मको निर्देशन गरेका छन् । हालै एक महिनादेखि चलिरहेको फिल्मको छायांकन सकिएको छ । 
 
 
शिवम स्वयंले लेखेको कथामा निर्माण भएको फिल्म करीब ८० लाखमा निर्माण सम्पन्न भएको हो । फिल्मले स्व. पन्तको बलत्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था चित्रण गरिएको निर्देशक अधिकारीले बताए । फिल्मको प्रमुख पात्र निर्मला अर्थात् टाइटल क्यारेक्टरमा सञ्जीवनी खरेललाई कास्ट गरिएको छ । 
 
‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोबैज्ञानिक परिस्थिति समाबेश छ । फिल्ममा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माता रहेका छन् । ‘कोपिला’ मा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ । 
 
कलाकार गणेश गिरीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा सुबाशराज काफले, सह-निर्माताहरुमा सम्पादक तथा एनिमिटर समिर मियाँ र छायांकार रामेश्वर कार्की रहेका छन । ‘कोपिला’ मा छायांकार शिब शरण न्यौपाने, मुख्य साहायक निर्देशक राम बाबु खड्का, संगीत दिपक शर्माको रहेको छ ।  
Most Visited News (monthly)